मलाई अपमानित गरियो : नेपाल

madhav

  काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको मर्यादाक्रममा पहिला झलनाथ खनाललाई र अब मलाई अपमानित गर्ने काम भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

धनुषाको बरमझियामा सहिद रामवृक्ष यादवको स्मृतिसभामा सहभागी हुन सोमबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित जनकपुर आएका नेपालले विमानस्थलमा संवाददातासँग अध्यक्ष दाहालकै सामुन्ने आफ्नो मर्यादाक्रमलाई लिएर असन्तुष्टि जनाए।

उनले भने–‘पार्टीमा भएको गल्तीका कारण मलाई अपमानित गर्ने कोशिस भएको छ । पूर्व एमालेको विधान बमोजिम झलनाथ खनाललाई पहिलो चरणमा अपमानित गरियो।

दोस्रो चरणमा मलाई पनि अपमानित गर्ने कोशिस भएको छ। राजनीतिमा गल्ती गर्नु हुँदैन। गल्तीहरु भएका छन्। नेकपाको सचिवालयमा वरिष्ठ व्यक्तिहरु परेका छैनन्। कनिष्ठहरु परेका छन्। उप महासचिवस्तरको व्यक्तिहरु समेत छुटेका छन् ।’

Comments

Top