विप्लवका तीन नेता तथा कार्यकर्ता पक्राउ

biplab_1

  काठमाडौं । महानगरीय अपराध महाशाखाले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका तीन जना नेता तथा कार्यकर्तालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

महाशाखाले सोमबार केन्द्रीय सदस्य डम्बरबहादुर विक, वैकल्पिक केन्द्रीय सदस्य मकर गुरुङ र उमा गुरुङलाई मैतीदेवीबाट नियन्त्रणमा लिएको थियो ।

पक्राउ गरिएका मध्ये डम्बरबहादुरले पार्टी परित्याग गरेको बताइएको थियो । त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

Comments

Top