जिल्ला फुटबल संघमा अध्यक्ष सुजकुको मनपरी, लिगमा सहभागी नगराउन कारबाहीको नाटक

football club

  ८ क्लब आन्दोलित

भक्तपुर । अखिल नेपाल फुटबल संघ एन्फाले भक्तपुरमा सञ्चालन गरेको जिल्ला स्तरिय लिग विवादमा परेको छ । लिगमा अनधिकृत क्वलाई सहभागी गराइएको भन्दै भक्तपुर जिल्लाका आठ वटा क्लव नै भक्तपुर जिल्ला फुटबल संघविरुद्व आन्दोलित भएका हुन् ।

विहिबार पत्रकार सम्मेलनको आयोजना गरी आठ वटा क्लवका प्रतिनिधिहरुले जिल्ला लिगमा आफुहरुलाई पाखा लगाएर अनाधिकृत क्लबलाई सहभागी गराएको भन्दै जिल्ला फुटबल संघविरुद्व आन्दोलित भएको जानकारी गराएका हुन् ।

उनीहरुले कानुनी रुपमा दर्ताा भएमा क्वलहरुलाई वेवास्ता गरी जिल्ला लिगमा दर्ता नभएका क्लबलाई सहभागी गराएको आरोप पनि लगाएका छन् ।

उनीहरुले क्लव दर्ताका लागि तोकिएको शुल्कको पनि विरोध गरेका छन् । अर्कोतर्फ पत्रकार सम्मेलनमार्फत उनीहरुले जिल्ला संघले टिम दर्ता गर्न नमानेको, अनावश्यक रुपमा कारबाही गरेको र जिल्लाका सक्रिय क्लबलाई सहभागी हुन नदिने निहित उद्वेश्य राखेर अधिकतम दर्ता शुल्क राखेको आरोप लगाइएको छ ।

उनीहरुका अनुसार जिल्लाका अन्य क्लबलाई सहभागी हुन नदिने उद्वेश्यले फुटबल संघले क्लबको दर्ता शुल्कनै २५ हजार रुपैयाँसम्म राखेको हो ।

पत्रकार सम्मेलनमा विरोधमा उत्रिएका भक्तपुर फुटबल क्लब, सत्यनारायण फुटबल क्लब, दिव्यश्वरी युवा समाज, ख्वप फुटबल क्लब, नेवालय फुटबल क्लब, थिमी युथ क्लब, ख्वप्रि फुटबल क्लब र द बेस्ट टिमले एन्फाको बार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन भएको जिल्ला लिगमा सहभागी गराउन माग समेत गरेका छन् ।

भक्तपुर फुटबल क्लबका अध्यक्ष राम प्रजापतिले आधिकारिक निकायमा दर्ता नभएका क्लबलाई समावेश गरेर टाइसिट नै निकाल्दा पनि संघका अन्य पदाधिकारीहरु भने कानमा तेल हालेर बसेको भन्दै संघका सबै पदाधिकारीहरुकै मिलेमतोमा यस्तो राजनीति भएको गरे ।

लिगका लाग समावेश भएका १० वटा टिममध्ये ६ वटा टिम कुनै आधिकारीक निकायमा दर्ता नभएको भन्दै पत्रकार सम्मेलनमा ति क्लवहरुमाथि आवश्यक कारबाहीका लागि माग समेत गरिएको छ ।

देशभरका अधिकांश जिल्लामा जिल्ला लिग सम्पन्न भएपनि भक्तपुरमा भने अभैm हुन सकेको छैन । असार २६ गते हुने भनिएको जिल्ला लिग भक्तपुर जिल्ला फुटबल संघकै कारण हुन नसकेको उनीहरुको भनाई छ ।

संघभित्र यति ठूलो विवाद हुनुको चुरो कुरो भने अर्कै रहेको अध्यक्ष प्रजापति बताउँछन् । कुनै बेला देशभर नै आफ्नो अस्तित्व बनाएको तर अहिले भने भक्तपुरमा मात्र सिमित बनेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) कै हालीमुलाली चल्दा भक्तपुर जिल्ला फुटबल संघको यस्तो अवस्था भएको हो भन्दा फरक नपर्ला ।

संघका वर्तमान अध्यक्ष गौतम सुजकु नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे निकटका नेता हुन् । उनले एकलौटी रुपमा संघ चलाउन खोज्दा विवादित बनिरहेको छ ।

यतिसम्मकी सुजकुले गत वर्षको जिल्ला फुटबल संघले निर्वाचनमा तीन क्लबलाई मात्र समावेश गराएका थिए । जवकी एन्फाको विधानमा जिल्ला संघ गठनका लागि १० क्लब अनिवार्य भनिएको छ । तर, उक्त अवैधानिक निर्वाचनलाई तत्कालिन एन्फा नेतृत्वले पनि मान्यता दिएको थियो ।

एन्फाले बार्षिक कार्यक्रम अन्तर्गत सबै सदस्य जिल्लामा जिल्ला लिग सञ्चालन गर्दै आएको छ । त्यसका लागि जिल्ला फुटबल संघले सार्वजनीक विज्ञापन गरेको थियो । तर, भक्तपुर जिल्लामा रहेका क्लबहरु दर्ताका लागि जिल्ला फुटबल संघमा पुग्दा अध्यक्ष सुजकुकै डिजाइनमा उनीहरुलाई दर्ता गर्नु त परै जाओस् उल्टै अनुसासनको नाममा कारबाही गरियो ।

जसका कारण भक्तपुरमा सक्रिय क्लवहरुले लिग खेल्ने अवसर नै पाएनन् । जिल्लाको निर्णयका विरुद्धमा एन्फामा पुगेका उनीहरुले त्यहाँबाट पनि न्याय भने पाएनन् ।

हुनत एन्फाले जिल्ला संघलाई बोलाएर क्लबहरुलाई सहभागी गराएर जिल्ला लिग गर्न निर्देशन दियो । तर, जिल्ला संघले केन्द्रको निर्देशन अटेर गरेर बस्दा समेत एन्फा रमिते बनिरहेको छ ।

एन्फाकोे नियममा लिगका लागि १० टिम सहभागी हुनुपर्ने र जिल्ला प्रशासन कार्यालय र जिल्ला खेलकुद विकास समितिमा दर्ता भएर प्यान नम्बर लिएको हुनपर्ने नियम छ । तर, जिल्ला संघले अहिले टाइसिटमा समावेश गराएकोे १० टिममध्ये ६ टिम जिल्ला प्रशासनमै दर्ता नभएका क्लब छन् ।

जसमा सिद्वि गणेश, स्विट सर्कल, भक्तपुर नगरपालिका क्लब, ख्वप युनाईटेड, भक्तपुर युवा टिम र भक्तपुर युथ एफसी छन् ।

यसरी राजनीति पहुँचकै आडमा भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष सुजकुले गरेको अवैधानिक निर्णयप्रछि आठ वटा क्लवहरु भने अदालत जाने तयारीमा छन् ।

Comments

Top