विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डलाई, न्युजिल्यान्डका केन सर्वोत्कृष्ट खेलाडी

cup

 काठमाडौं । विश्वकप क्रिकेटको उपाधि इंग्ल्याण्डले हात पारेको छ । निर्धारित ५० ओभर र सुपर ओभरमा दुबै टोलीले समान रन बनाएपछि च्याम्पियनको छनोट बाउन्ड्रीका आधारमा इंग्ल्याण्डले उपाधी चुमेको हो ।

 इंग्ल्याण्डले न्यूजिल्याण्डले भन्दा ६ वटा बाउन्ड्री बढी हानेको छ ।निर्धारित ५० ओभरमा दुबै टोलीले समान २४१ रन बनाएपछि खेल सुपर ओभर धकेलिएको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन बनाएको थियो ।

 न्युजिल्यान्डका लागि हेनरी निकोलसले ५५ र टोम लाथमले ४७ रन बनाए ।न्युजील्यान्डका ट्रेन्ड बोल्टले दुई डट हाने। तेस्रो बलमा बेन स्ट्रोकले छक्का प्रहार गरे। ३ बलमा ९ रन चाहिन्थ्यो इङ्ल्यान्डका लागि। स्टोक्सले फेरि छक्का प्रहार गरे २ बलमा ३ रन आवश्यक थियो। जसले खेललाई निक्कै रोमाञ्चक बनायो।
जितसँगै न्युजिल्यान्डका कप्तान केन विलियम्सन विश्वकप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी घोषित भए। न्युजिल्यान्डलाई फाइनलमा पुर्याउन कप्तान केनले ठूलो भूमिका खेले ।

 

Comments

Top