माल्टा पठाउने भन्दै चार करोड असुल्ने इगल मेनपावरका छविलाल पक्राउ

pakrau

  काठमाडौं । माल्टा पठाउने भन्दै सयौं युवाबाट ४ करोड भन्दा बढि रकम ठगी गरेको अभियोगमा एक मेनपावर सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सामाखुसीको टाउन प्लानिङस्थित इगल हन्टर ओभरसिज सर्भिसेज प्रालिका सञ्चालक छविलालकुमार राई छन् ।

राईलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ सामाखुसीबाट नै पक्राउ गरेको हो ।

उनले सयौं युवाबाट ४ करोड बढी रकम उठाएर माल्टामा रोजगारी लगाइदिने भन्दै ठगी गरेको उजुरीको आधारमा पक्राउ गरिएको वृत्तका डीएसपी फणीन्द्र प्रसाईंले जानकारी दिएका छन् ।

सिसेल्सको जेल गार्डमा काम लगाइदिने भन्दै सयौं युवाबाट ४ करोड बढि असुलेर राई फरार भएका थिए।

Comments

Top