सकुशल निस्किए सुरुङभित्र फसेका १७ जना कामदार

rasuwagadhi

  काठमाडौं । रसुवागढी जलविद्युत् आयोजनाको सर्ज ट्यांक जाने पहुँच मार्गमा पहिरो गएपछि सुरुङभित्र फसेका १७ जना कामदार शुक्रबार बिहान बाहिर निस्केका छन् ।

सुरुङभित्र रहेका सबै कामदार सकुशल बाहिर निस्केको रसुवागढी जलविद्युत् आयोजनाका आयोजना प्रमुख छवि गैरेले जानकारी गराएका हुन् ।

बिहिबार राति ८ बजेतिर सुक्खा पहिरो जाँदा १७ जना कामदार सुरुङभित्र अलपत्र परेका थिए । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा कामदार भित्रै थुनिएका हुन् ।

सुरुङभित्र रहेका ११ नेपाली र ६ जना चिनियाँ कामदार थिए । बिहिबार साँझ साढे ८ बजे रसुवागढी जलविद्युत् आयोजनाको सर्ज ट्यांक जाने पहुँच मार्गमा पहिरो गएको थियो ।

Comments

Top