गोकर्णमा यात्रुबाहक बस दुर्घटना, १ जनाको मृत्यु, ११ जना घाइते

bus acc

   काठमाडौं । काठमाडौंको गोकर्णमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । रत्नपार्कबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा१ख८७४४ नम्बरको सार्वजनिक बस गोकर्णेश्वर नगरपालिकाको ४ इटिचोक नजिक रमझमचोक भन्ने ठाउँमा दुर्घटना भएको हो ।

बस सडकको छेउबाट १० मिटर तल पल्टिएको छ । बस पल्टिँदा चेपिएर एक जनाको मृत्यु भएको हो । बस सहचालकले चलाएको बुझिएको छ । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि नेपाल मेडिकल कलेज शिक्षण अस्पताल लगिएको प्रहरीले जानकारी गराएको छ। बस चालक भने सम्पर्क बाहिर रहेको बताइएको छ।

Comments

Top