छैटौं पटक लिभरपुलले जित्यो च्याम्पियन्स लिगको उपाधि

liverpool

  काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधि लिभरपुलले जितेको छ । योसँगै लिभरपुल च्यम्पियन्स लिगमा छैटौ पटक च्याम्पियन बनेको छ ।

शनिबार राति भएको फाइनलमा टोटनहृयामलाई २(० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो । लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले गोल गरे ।

सलाहले खेलको दोस्रो मिनेटमा नै पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । मौसा सिसोकोले हृयान्ड गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो । खेलको सुरुवाती समयमै अग्रता लिएको लिभरपुलले निकै राम्रो प्रदर्शन गर्‍यो । सलाहकै गोलबाट लिभरपुलले पहिलो हाफसम्म १(० गोलको अग्रता बनाएको थियो ।

८७ औं मिनेटमा लिभरपुलले दोस्रो गोल गर्न सफल भयो । लिभरपुलका लागि ओरिगीले गोल गर्दै २(० को अग्रता दिलाए । खेलअवधिभर बल आफ्नो पकडमा राखेपनि टोटनहृयामले गोल गर्न भने सकेन ।

 

Comments

Top