च‍ार वर्षपछि बल्ल खुल्यो तातोपानी नाका

tatopani naka

  सिन्धुपाल्चोक । २०७२ सालको भूकम्पलगत्तै बन्द भएको चीनसँग जोडिएको उत्तरी तातोपानी नाका चारवर्षपछि बल्ल सञ्चालनमा आएको छ । मंगलबार बिहान ४ वटा खाली कन्टेनर ऊन ल्याउन खासा पठाए पछि अनौपचारिक रुपमा नाका खुलेको हो ।

नेपाल–चीन पास प्रक्रिया पूरा गरेर ऊन ल्याउन खासा प्रवेश गराउँदै तातोपानी नाका व्यवसायिक रुपमा खुलेको हो सोमबार दश जना लोडर र कन्टेनरलाई पास दिइएको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए। तर, मितेरी पुल निर्माण भने अझै सकिएको छैन । पुलमुनिको कच्ची सडकको पुल हुँदै खाली कन्टेनर गएका हुन्।

Comments

Top