अपहरणको धम्की दिएर रकम असुल गर्न खोज्ने प्रेमी र प्रेमिका पक्राउ

aparahan

 काठमाडौं। महानगरीय अपराध महाशाखाले अपहरण र हत्याको धम्की  दिएर  रकम असुल गर्न खोज्ने दुई जनालाई गौशालाबाट पक्राउ गरेको छ ।

 पक्राउ पर्नेहरुमा कैलाली टिकापुर घर भएका २४ वर्षीय लोकेन्द्र बहादुर शाही र र उनकी प्रेमिका २० वर्षीय रुवी ठाकुर रहेका छन् ।

 उनीहरूले सिन्धुपाल्चोक घर भई बुद्धनगर बस्ने सिताराम कार्कीसँग फोन र एसएमस गरी पाँच लाख रुपैया माग गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले वताए ।

 रकम नदिए कार्कीका छोरालाई अपहरण गरी गोली हान्ने धम्की दिएपछि महाशाखामा उजुरी परेको थियो । अनुसन्धानका क्रममा रूवी ठाकुरको योजना अनुसार ब्वाईफ्रेन्ड लोकेन्द्र बहादुर शाहीले उक्त आपराधिक कार्य गरेको खुलेको छ ।

Comments

Top