लामो समयदेखि पेण्डिङमा रहेका मुद्दाहरुको अनुसन्धानलाई तिव्रता दिनुपर्नेमा आईजीपी खनालको जोड

igpk

 काठमाडौं । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दोस्रो प्रादेशिक सम्मेलन शुरु भएको छ ।

 प्रदेश नं १ र प्रदेश नं २ का अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरूको सहभागिता रहने गरि 'दोस्रो प्रादेशिक सम्मेलन' आजबाट धनुषा जिल्लाको जनकपुरधाममा शुरु भएको छ ।

 जेठ १० र ११ गते गरि दुई दिनसम्म संचालन हुने उक्त सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि रहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लामो समय देखि पेण्डिङ रहेको मुद्दाहरुको अनुसन्धानलाई तिव्रता दिनुपर्ने उल्लेख गरे ।

 सरकारी वकिलहरुको कानुनी विज्ञता र मेडिको लिगल अफिसर (चिकित्सक) हरुको विषयगत दक्षता सफल अनुसन्धानको महत्वपुर्ण पक्ष भएकोले अनुसन्धानकर्ता प्रहरीहरुले सो को उचित प्रयोग गर्नुपर्नेमा आईजीपी खनालले जोड दिए  ।

Comments

Top