२६ औं मदन आश्रित स्मृति दिवस मनाइँदै

smiriti

 काठमाडौं । नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २६ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाईदै छ ।

नेपाल बाम आन्दोलनका धरोहरका रुपमा लिइने भण्डारीको राजनीतिक योगदान महत्वपूर्ण रहेको छ । आज नेपाल कम्युनिष्ट पार्टी र उसका भातृसंगठनहरुले देशभर विभिन्न कार्यक्रम गर्ने तयारी गरेका छन् । गत वर्ष आजैका दिन एमाले र माओवादी केन्द्रको एकता भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएको थियो ।

दिवसका अवसरमा शुक्रबार तत्कालीन एमालेको पुरानो पार्टी मुख्यालय मदननगर बल्खुमा माल्र्यापण कार्यक्रमको आयोजना गर्दै छ । स्वर्गीय भण्डारीको प्रतिमासँगै आश्रितको तस्बिरमा पनि माल्यार्पणको कार्यक्रम राखिएको छ ।

सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत नेकपाका अन्य नेता पनि सहभागी हुने तयारी छ । मदन आश्रितको घटनाको छानबिन नभएको भन्दै तत्कालीन एमालेभित्र आलोचना हुने गरेको थियो ।

विक्रम संवत् २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा मदन आश्रितको निधन भएको थियो । रहस्यमय मानिने दुर्घटनाबारे अहिलेसम्म भएका छानविनले कुनै तथ्य निकाल्न सकेका छैनन् ।

Comments

Top