एसएसपी विश्वराज पोखरेललाई डिआईजीको फुली

fuli

 काठमाडौं । नेपाल प्रहरीको डिआईजीमा बढुवा सिफारिस भएका विश्वराज पोखरेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

 प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमबीच आईजीपी सर्वेन्द्र खनालले पोखरेललाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन । गत बिहीबार बसेको बढुवा समितिको बैठकले उनलाई प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ उप–नियम ९४० को प्रावधान अनुसार एसएसपीबाट डिआईजीमा बढुवाको सिफारिस गरेको थियो ।

 पोखरेल यसअघि लागुऔषध नियन्त्रण व्युरोमा कार्यरत थिए । डिआइजी सुशील भण्डारीको काभ्रेमा भएको सवारी दुर्घटनामा ज्यान गएपछि प्रहरीमा एक पद रिक्त थियो ।

 पोखरेल आफ्नो व्याजबाट डिआइजी हुने एकल व्यक्ति हुन् । आधा फर्जन बढी सिनियर एसएसपी छँदा छँदै डिआइजीमा बढुवा भएका पोखरेललाई ठुलो राजनीतिक समर्थन थियो।पोखरेललाई बढुवा गर्न ठुलो दबाब परेको थियो। 

महानिरीक्षक खनालले आजै प्राविधिक प्रहरी नायव महानिरीक्षकद्वय डा. रामकृष्ण राजभण्डारी र डा. बिजयराम श्रेष्ठलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । 

Comments

Top