काठमाडौं प्रहरी प्रमुखमा सुबेदी, अपराध महाशाखामा थापा

suu

  काठमाडौं। गृह मन्त्रालयले महानगरिय प्रहरी परिसर काठमाडौंमा  एसएसपी उत्तम सुबेदीको  सरुवा गरेको छ । काठमाडौं प्रमुख रहेका एसएसपी बसन्त लामाको लागूऔषाध नियन्त्रण व्युरोमा सरुवा भएको छ। 

 त्यसैगरी अपराध महाशाखाका प्रमुख एसएसपी धिरज प्रताप सिंहलाई प्रधान कार्यालय अन्तर्गतको तालिम सेवा निर्देशनालयमा सरुवा गरिएको छ भने एक नम्बर प्रदेशको तालिम केन्द्रमा रहेका एसएसपी सहकुल थापालाई महाशाखामा ल्याइएको छ। 

 आईजीपी सर्वेन्द्र खनाल अपराध महाशाखाको प्रमुख छंदा थापा एसपी थिए। थापाले विभिन्न घटनाको अपराध अनुसन्धान सफलतापुर्वक सम्पन्न गरेका थिए। 

 काठमाडौंको प्रमुखमा सरुवा भएका सुबेदी प्रहरी प्रवक्ता थिए। धनुषाको प्रहरी प्रमुख छंदा सुबेदीले डन सञ्जय टक्लालाई कारवाही गरी चर्चा कमाएका थिए। 

Comments

Top