आईजीपी खनाल भन्छन -अपराध र अशोभनीय गतिविधिमा कमि आएको छ

gosthi

 विराटनगर। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध र अशोभनीय गतिविधिमा कमि आएको वताएका छन् । मोरङको विराटनगरमा आयोजित १ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै आईजीपी खनालले शान्ति सुरक्षाको दृष्टिकोणले आवश्यक सुधारका कामहरु तीव्र रुपमा भएको उल्लेख गरे ।

 गृह मन्त्रालयको निर्देशन अनुसार काम गर्न प्रहरी संगठन कटिबद्ध रहेको चर्चा गर्दै आईजीपी खनालले यसबाट शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा सफलता पाउन सहज भएको उल्लेख गरे ।  प्रहरी संगठन अपराध नियन्त्रण गर्न सक्षम रहेको वताउँदै आईजीपी खनालले शान्ति सुरक्षा, अमनचयन कायम तथा अपराध अनुसन्धानमा आइपर्ने हरेक चुनौति सामना गर्न प्रहरी कर्मचारीहरु कटिबद्ध भई काम गरिरहेको पनि उल्लेख गरे। 

 सुरक्षाको समन्वयात्मक परिचालनबाट शान्ति सुरक्षा लगायत निर्दिष्ट लक्ष्य हासिल गर्न सकिनेमा जोड दिँदै आईजीपी खनालले आउँदा दिनमा बिना सम्झौता सुरक्षा चुनौतिहरुसँग लड्न सुरक्षा निकायका जिल्ला प्रमुखहरुलाई निर्देशन समेत दिए । गोष्ठी सम्पन्न भए पश्‍चात् आईजीपी खनालले १ नम्बर प्रदेश अन्तर्गत १४ जिल्लाका प्रहरी प्रमुखहरुलाई समसामयिक विषयमा निर्देशन समेत दिएका थिए  ।

Comments

Top