देउवा गलत संस्कारबाट चलेको शेखरको आरोप

sekharn

 विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा गलत संस्कारबाट चलेको आरोप लगाएका छन् ।
कोइरालाले देउवाको संस्कार राम्रो नभएको भन्दै सच्चिन आग्रह गरे। विराटनगरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै कोइरालाले

देउवाले गैरजिम्मेवार भएर अभिव्यक्ति दिनु राम्रो संस्कार नभएको उल्लेख गरे । कोइरालाले निर्धारित मितिमै महाधिवेशन हुनेमा शंका व्यक्त गर्दै निर्धारित मितिमै गर्न पार्टी नेतृत्वलाई आग्रह गरे । नेपाल विद्यार्थी सङ्घमा भएको विवादले परिणाम राम्रो नदिने र त्यसमा देउवाको भुमिका संकास्पद रहेको उनको भनाइ छ ।

 देउवा र कोइराला परिवारका कांग्रेस नेताबीच पछिल्लो समय भनाभन चलिरहेको छ। शशांक, शेखर र सुजाताले देउवाको आलोलना गरेपछि देउवाले कोइराला परिवारको आलोचना गरेका थिए ।

Comments

Top