प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयमा कुनै सहमति नभएको पोखरेलको दावी

ishorpok

 काठमाडौं। उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने विषयमा कुनै सहमति नभएको दावी गरेका छन् ।

 नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नै पाँच वर्ष सरकारको नेतृत्व सम्हाल्ने पोखरेलले बताए । मन्त्री पोखरेलले नेपाली रेडियो नेटवर्क र जनता जान्न चाहन्छन् टेलिभिजन कार्यक्रममा पत्रकार ऋषि धमलासँग शनिबार कुरा गर्दै ओलीलाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुरामा सत्यता नरहेको दाबी गरेका हुन् ।

 दुबै अध्यक्षसँगको भेटमा आलोपालो प्रधानमन्त्री बन्ने कुरा के हो भनेर सोधेको प्रश्नको उत्तरमा दुबैले यो विषय केही होइन भनेको पोखरेलले वताए ।

Comments

Top