जनयुद्ध दिवस : प्रधानमन्त्रीद्वारा बहिस्कार , कम्युनिष्टहरुलाई एकतावद्ध हुन प्रचण्डको आग्रह

prachanda-1

 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सबै कम्युनिष्टहरुलाई एकतावद्ध हुन आग्रह गरेका छन् ।

 जनयुद्ध दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समृद्धिको यात्राका लागि सबै कम्युनिष्टहरु एक भएर विश्वलाई नै उदाहरण प्रस्तुत गर्न आग्रह गरे ।

 मोहन वैद्य र नेत्रविक्रम चन्दलाई लक्षित गर्दै प्रचण्डले विगतमा जनयुद्धमा संलग्नपक्षलाई पनि एकतामा आउन आउन आग्रह गरे । एक भएर समाजवादको जग बसाल्नुको विकल्प नभएको भन्दै दाहालले पटकपटक एकताका लागि आग्रह गरे । देशलाई सफल बनाउनका लागि एक दुई जना नेता वा समुह मात्रै लागेर नहुने भएकाले सबै एकजुट हुनुको विकल्प नभएको प्रचण्डको भनाई छ ।

 नेकपाले मनाएको जनयुद्ध दिवसमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागि थिएनन् । पूर्व एमालेकोतर्फबाट हालको नेकपाका सचिवालयका महासचिव विष्णु पौडेल दाहालको दायाँतर्फ बसेका थिए भने संसदीय दलका उपनेता सुवास नेम्वाङ बायाँतर्फ बसेका थिए ।

Comments

Top