शिक्षामा दीर्घकालीन लाभ पुग्ने योजना सहितका कार्यक्रम बनाउन पर्छ : सांसद महेश बस्नेत

School Inugaration

भक्तपुर ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले शिक्षामा दीर्घकालीन लाभ पुग्ने योजनासहितका कार्यक्रम बनाउन पर्ने बताएका छन् । भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका वडा नं. १ मनोहरा सुकुम्वासी बस्तीमा रहेको आधारभुत निम्न माध्यमिक विद्यालयको १३औं वार्षिकोत्सव तथा नवनिर्मित भवनको उद्घाटन गर्दै सांसद बस्नेतले विद्यालय तहको शिक्षाको जिम्मेवारी पाएको स्थानीय तहले शिक्षालाई प्राथमिकतामा राख्नु पर्ने बताउदै शिक्षा, स्वास्थ्य, जन्मदर्ता लगातयतका मानिसको नैसर्गिक अधिकारहरुलाई स्थापित गराउनु स्थानीय सरकारको दायित्व भएको बताए ।
विद्यालय जिल्ला आयोजना समन्वय समिति शिक्षाको ३० लाख ३१ हजार तथा अन्य बाँकी स्थानीय व्यक्तिहरुको सहयोगमा रु ७५ लाखको लागतमा निर्माण भएको विद्यालयको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै सांसद बस्नेतले नेपाल सरकार पून-निर्माण अन्तर्गतको अभियानमा भक्तपुरमा ४० भन्दा बढी भवन निर्माण भएको, जसमध्येको एक स्वरस्वती निमावि रहेको बताए ।

School Inugaration1

सांसद बस्नेतले विद्यालय भवन निर्माण गर्न स्थानीय तहले सहयोग नगरे अर्को कुनै विकल्प प्रयोग गरी व्यवस्थित शिक्षा प्रणाली र आधुनिक शिक्षण पद्धतिको साथमा आधुनिक अध्यापनको वातावरण सिर्जना गराउन आफ्नो निरन्तर सहयोग रहने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।


जनप्रतिनिधिले समस्या भएकै ठाउँमा गई बहस गर्नुपर्ने बताउँदै सांसद बस्नेतले वडाध्यक्षले भवन निर्माणलाई आफ्नो वडाको लाभको रुपमा लिनुपर्ने बताउदै सांसद बस्नेतले सुकुम्वासी बस्तीमा विजुलीको मिटर, भवन नक्सापास लगायतका समस्यालाई समाधान गर्न आफुले पुलको भूमिका निर्वाह गर्दै वडाध्यक्ष तथा नगरपालिकासँग छलफल गर्ने समेत बताए ।
बस्नेतले आगामी तीन चार महिनामा मनोहराको करिडोर निर्माण सम्पन्न गराउने, जसको प्रयोगबाट जडिवुटी–कोटेश्वरको जामलाई स्थायी रुपमा समाधान गर्ने समेत बताए । सुकुम्वासी वस्तीको हित हुने गरी समस्या समाधान गर्ने प्रस्ताव आफुले गरेको बताउँदै सांसद बस्नेतले बस्तीका सुख दुःखलाई आफुले सुन्ने र बुझ्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

Comments

Top