स्थानीयको साथमा तस्करहरुद्धारा प्रहरीमाथि आक्रमण, ४ प्रहरी घाइते

वीरगञ्ज । स्थानीयबासीहरुलाई साथमा लिएर तस्करहरुले प्रहरीमाथि आक्रमण गर्दा पर्सामा दुई प्रहरी सहायक निरीक्षकसहित ४ प्रहरी घाइते भएका छन् । नेपाल भारत सीमानाकामा पर्ने पर्साको जगन्नाथपुर गाउँपालिकास्थित पाण्डेपुरबाट भारततर्फ डिजेल तस्करी भइरहेको भन्ने सूचनाका आधारमा तस्करहरुलाई नियन्त्रणमा लिने क्रममा सोमबारराती प्रहरीमाथि आक्रामण भएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार तस्करहरुलाई गाउँले समेतले साथ दिएका थिए । करीब दुई सय जनाको संख्यका स्थानीयले जगन्नाथपुरमा रहेको प्रहरी चौकी घेराउ गर्दै प्रहरीमाथि आक्रमणमा उत्रिदा चार प्रहरी घाइते भएका हुन् । दुईवटा मोटरसाइकलमा पेट्रोल र डिजेल लोड गरी भारतको इनर्वा बजार लग्ने समूहलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।
आक्रामणबाट प्रहरी सहायक निरीक्षकद्धय विष्णु देव यादव, जयकिशन महतो, प्रहरी हवल्दार प्रेम राना र जवान अर्जुन चौधरी घाइते भएका छन् । तीमध्ये प्रहरी जवान चौधरीको भने टाउकोमा गम्भिर चोट लागेको छ । उनको अवस्था चिन्ताजनक रहेको पनि प्रहरीले जनाएको छ । उनको वीरगन्जको एसएल न्यूरो एण्ड जनरल अस्पतालको सघनकक्षमा उपचार भइरहेको छ । अन्य तीन जना घाइतेहरुको भने वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

कलाकार बस्नेतले बिशेष कार्यक्रमका साथ थानकोट त्रिभुवन पार्क भ्रमण गर्ने

बादल र अस्मिताको अभिनयमा ‘ न दिन सकेँ खुसी तिमीलाई ‘
बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ
%2520(1)%2520(1)_2nGhvzRudP_brxobbduz3vfqpy2fqpz8yy9ffieqjwkt1xbidqyiol6tr6luozxlvrkygrv_ivEGNsCYjL_90nbsow9r5d8krcg4rbw7psu24yusazfftbwqcplp5irs6p0u0ytqklpja3o.jpg)
चलचित्रकर्मी भन्छन् : ‘महिलालाई सम्मान गर्न सिकौं, देश चलाउन जिम्मा दिऔं’
आज भक्तपुरमा सुशान्त केसीको कन्सर्ट हुदैँ
%2520(25)_ajtyADzbBR_73puvky3sfwbalpc8db2owua4zp5jph9llclgmputhj0ilfh8cxqqrvyhknh_cgEHMjg9e5_okvghjmc8w2zldlj9mafjkjromceeqppnwv2v9uruh6bspbciwmk6c0ca9yv.jpg)
‘पूर्ण बहादुरको सारङ्गी’कै उचाइ लिने अभियानमा ‘लाज शरणम्’
_cmgKrRSUgL_cq8f9z4o9dh70mlkqlytchsjvngykibbnafomg3kvsndcklbc839h8katuii_3Fz17WPq59_7dnbqjyjdhz8vleofjmnqv6kpc0qgkyjinaamr4gif9k1rjzvybhd5ctgsnf.jpg)
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम’, कलाकारले सुनाए अनुभव
%2520(22)_aBs76xLWzc_txqudpi0bfzfunnuanpv79ounrcvaag2ffdewes4tojtu3s1tt3r97hs0tlc_GvXnwG1Dlx_ou4ke2xghiilmurwi6egcndrmcqp8fzgdkd53wp1gypaufemt7n6ypi8ohm8.jpg)
प्रतिक्रिया