हनुमन्ते सफाई अभियानको ४२ औ हप्ता - १३ टन फोहोर संकलन

HH_1
भक्तपुर । हनुमन्ते सफाई अभियानको ४२ औ हप्ता तथा अरनिको राजमार्ग एक महिने सफाई अभियानको आज २४ औं दिन भक्तपुर १३ टन फोहोर संकलन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको बिशेष संयोजनमा संचालन भईरहेको हनुमन्ते नदी सफाई अभियान र जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा भइरहेको अरनिको राजमार्ग सफाई अभियानलाई एकत्रित गरी आज भक्तपुरको सूर्यविनायक नगरपालिकाको चुनदेवीदेखि पाण्डुबजारसम्म र मध्यपुरथिमि नगरपालिकाले एसएस चोकबाट शङ्खधर चोकसम्म सफाइ गरिएको हो ।
HH1
सफाइ अभियान कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बस्नेतले सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकाले अरनिको राजमार्ग क्षेत्र दायाँलगायत हनुमन्ते नदी आसपासका क्षेत्रमा फोहर नगर्न आग्रह गरेका छन् । बस्नेतले अटेर गर्दै जथाभावी फोहर फाल्नेलाई कडा कारवाही गरिने बताए ।

अभियानमा सांसद बस्नेतसँगै संयोजकमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, जिसस उपप्रमुख सरिता कुँवर, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरपालिकाका कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थीलगायतको करिव ४५० जनाको सहभागिता रहेको थियो ।

Comments

Top