भक्तपुरको चाँगुनारायणमा आपतकालीन सेवाका लागि सामुदायिक भवन निर्माण हुने

Silanayas_photo_Changu

भक्तपुर।

चाँगुनारायण नगरपालिकामा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण हुने भएको छ । चाँगुनारायण नगरपालिका र थाई सरकारको सहयोगमा चाँगुनारायण ७ बागेश्वरी हेल्मेट डाँडामा रहेको १ रोपनी १२ आना सार्वजनिक जग्गामा उक्त भबन बन्न लागेका हो । चाँगुनारायण नगरपालिकाको एक करोड लागत र थाइल्याण्डका नेपालीले पुनस्उत्थानका लागि करिव २० करोड बराबरको सहयोगमा बहुउद्देश्यीय भवन निर्माण गर्न लागेको हो ।

भवन निर्माण गर्न शुक्रबार थाइल्याण्डका राजदूत भकवत तान्स्कुँलले सिलान्याश समेत गरे। भवन सिलान्यास गर्दै राजदूत तान्स्कुँलले २०७२ सालको भूकम्पपछि देखिएको समस्या समाधानका लागि थाइल्याण्डका जनताले विपत तयारीस्वरुप सहयोग प्रदान गर्न सुरु गरेको बताए । राजदूत तान्स्कुँलले थाइल्याण्डका जनताबाट नेपाली जनताको जीविकोपार्जन र पुनस्उत्थानका लागि सहयोगस्वरुप आएको २०र२० लाख अमेरिकी डलरमा भवन निर्माण गर्न लागेको बताए ।

राजदूत तान्स्कुँलले दुई देश बिचको मित्रता सद्भाव र सम्बन्ध प्रगाढ लागि स्वास्थ्य मन्त्रालयलाई १५ लाख अमेरिकी डलरको सहयोग र नेपाल रेडक्रस सोसाईटी केन्द्रीय रक्त संचार सेवाको पुननिर्माणका लागि ४० लाख अमेरिकी डलर सहयोग गरेको बताए । राजदूत तान्स्कुँलले नेपालले यसवर्ष थाई सरकार र नेपाल सरकारको कुटनीतिक संवन्धलाई बलियो बनाउन ६० औं वार्षिक उत्सव मनाई रहँदा दुई देशबीचको सम्बन्ध धेरै नै राम्रो भएको बताए ।

चाँगुनारायण नगरपालिकाका नगरप्रमुख तथा स्थानीय परियोजना निर्देशन समितिका संयोजक सोमप्रसाद मिश्रले थाई जनता र नेपाली जनताको सहयोगले भवन शिलन्यास भएको बताए । प्रमुख मिश्र विपदको समयमा सुरक्षित आवासको आवश्यकतालाई मध्यनजर गर्दै भबन निर्माण गर्न लागिएको बताए । कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी भक्तपुरका नारायण प्रसाद भट्ट, आइओएम मिसनका प्रमुख पाउल नर्थुन, नगरपालिकाका उपप्रमुख बीना बास्तोलालगायतले बहुउद्देश्यीय भवन निर्माणपछि चाँगुनारायण नगर क्षेत्रका जनतालाई सीप, क्षमता अभिबृद्धि गर्नुका साथै विपतको समयमा भवनको उपयोगिता महत्वपूर्ण हुने बताए ।

Comments

Top