पहिलो भ्वाइस अफ नेपाल बने विजय

bijaya

   दोहा, (कतार) । गायन रियालिटीको अन्तर्राष्ट्रिय फ्रेन्चाइज शो द भ्वाइस अफ नेपालको कतारमा आयोजित फाइनलबाट सिडी विजय अधिकारी बने पहिलो भ्वाइस अफ नेपाल बनेका छन् । शुक्रबार राति भएको ग्रान्ड फिनालेमा अधिकारीले सबैभन्दा बढी भोट पाएर उपाधि जितेका हुन् ।

उपाधिसागै उनले २५ लाख रुपैयाँ पनि पाएका छन् । अधिकारी टिम दीपबाट फिनालेमा सहभागी भएका थिए। दीप श्रेष्ठले उनलाई गायन सिकाएका थिए। फिनालेमा सनुप पौडेलको टिमबाट सप्तक दुतराज, अभया सुब्बा टिमको तर्फबाट कुशल आचार्य र टिम प्रमोदको तर्फबाट श्रृजे थपलिया थिए।

Comments

Top