हनुमन्ते सफाई अभियानको ४१ औ हप्ता - १३ टन फोहोर संकलन

Safai1

भक्तपुर ।  हनुमन्ते सफाई अभियानको ४१ औ हप्ता तथा अरनिको  राजमार्ग एक महिने सफाई अभियानको आज १७ औं दिन भक्तपुर १३ टन फोहोर संकलन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको बिशेष संयोजनमा संचालन भईरहेको हनुमन्ते नदी सफाई अभियान र जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा भइरहेको अरनिको राजमार्ग सफाई अभियानलाई एकत्रित गरी आज भक्तपुरको भातेढिकुरदेखि नलिञ्चिोकसम्म भएको सफाई अभियानमा सुरक्षाकर्मीदेखि जनप्रतिनिधीसमेत ७ सय ५० जना सफाई अभियानमा संलग्न रहेको अभियन्ता एवं उत्प्रेरक रुद्र पौडेलले बताए ।

सफाई अभियानको नेतृत्वकर्ता एवं प्रतिनिधीसभाका सांसद महेश बस्नेतले सार्वजनिक ठाउँमा फोहोर फालेर वातावरण प्रदुषण गर्नेलाई ५ सय देखि एक लाख रुपैयासम्म जरिवाना वा तीन महिनासम्मको कैद वा दुवै सजाय हुने गरी कारबाहीको व्यबस्था गर्ने तयारी भइरहेको बताए ।

Safai-Photo
सांसद बस्नेतले भक्तपुरलाई सफा, उज्यालो, सुरक्षित, प्रदुषण रहित बनाउने लक्ष्यका साथ सुरु भएको सफाई अभियान नरोकिने बताउदै भक्तपुरको विकास र समृद्धिमा अवरोध पुर्याउदै फोहोर गर्नेलाई कारबाही गरिने बताए ।
अभियानका क्रममा सांसद बस्नेतसंग्र प्रदेश न. ३ का प्रदेश सांसद शशीजंग थापा, सांसद प्रतिमा श्रेष्ठ, हनुमन्ते सफाई अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगरपालिकाका कर्मचारी, नगर प्रहरी, बिभिन्न संघसंस्थाका प्रतिनिधी, विद्यार्थी, शिक्षासेवी लगायतको सहभागिता रहेको थियो । 

Comments

Top