८ वर्षीय बालकको अपहरणपछि हत्या

child-dead-750x437

काठमाडौं
गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । टाउन प्लानिङको वेलमेन्ट इन्टरनेश्नल स्कुलमा कक्षा १ मा अध्ययनरत् बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको हो । उनी दुई दिनअघि  देखि बेपत्ता भएका थिए । बालकको शव म्हेपीमा झोलामा पोको पारेको अवस्थामा भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।उनको शवलाई पोष्टमार्टमका लागि लैजाने तयारी गरिएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा  स्याङ्जाका महेन्द्र सार्कीलाई  पक्राउ गरेको छ । 

Comments

Top