प्रचण्डमाथि खुकुरी प्रहार भन्दै अफवाह फैलाउने पक्राउ

pakrau

  काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डमाथि ‘खुकुरी आक्रमणको प्रयास’ भएको भन्दै भ्रमपूर्ण समाचार प्रकाशित गर्ने एक अनलाईनका सम्पादकलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । पोष्टपाटी डटकम नामक अनलाइनका गोपाल चन्द मंगलबार काठमाडौंबाट पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी धीरज प्रताप सिंहले बताए ।

पोष्टपाटी डटकमले मंसिर ६ गते प्रचण्ड चितवन गएको बेला कृष्णचोकमा स्थानीयले खुकुरी प्रहारको प्रयास गरेको भन्दै भ्रमपूर्ण समाचार प्रकाशन गरेको थियो । पूर्व प्रधानमन्त्रीको मर्यादामा आँच आउने गरी भ्रमपूर्ण समाचार प्रकाशन गर्ने चन्दलाई विद्युतिय कारोबार ऐन अन्तर्गत अनुसन्धान गरिने एसएसपी सिंहले बताए

Comments

Top