आगलागीमा परि ४ महिने शिशुसहित चार जनाको मृत्यु

aaglagi

  काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–७ लाल्झोडाको एउटा घरमा आगलागी हुँदा चारजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार राति उनीहरु घरभित्र सुतिरहेको बेला गएराति ११ बजेतिर आगो लागेको थियो । आगलागीको जानकारी पाएलगत्तै दमकलसहित प्रहरीको टोली पुगेर आगो नियन्त्रणमा लिएको थियो । स्थानीय लक्ष्मण खनालको घरमा आगो लाग्दा दुई बलबालिकासहित परिवारका चार जनाको मृत्यु भएको हो।

आगलागी बाट ३५ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती ३२ वर्षीया राधिका खनाल, चार वर्षीया छोरी चन्द्रा खनाल र चार महिनाको छोरो टिकाराम खनालको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीको कारण बारे प्रहरीले अनुसन्धान गरिरहेको छ। विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। आगलागीबाट एउट घर जलेर नष्ट भएको छ भने अन्य क्षतिको एकिन विवरण संकलनको काम पनि भइरहेको प्रहरीको भनाई छ । -(फाइल तस्विर)

Comments

Top