तीन वटा भरुवा बन्दुकसहित पाँच जना क्राउ

महेन्द्रनगर । वन सुरक्षाकर्मीको टोलीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाबाट तीन वटा भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका कृष्ण चौधरी, वीरबहादुर चौधरी, दिलबहादुर चौधरी, रमेश चौधरी र अनिल चौधरी रहेका छन् । उनीहरुका साथबाट तीन वटा भरुवा बन्दुक, त्यसमा लाग्ने गोली र बारुद बरामद गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख गोपालबहादुर घिमिरेले बताए ।
निकुञ्ज सुरक्षार्थ खटिएका वन सुरक्षाकर्मीहरुले सोमबार उनीहरुलाई बन्दुकसहित पक्राउ गरेको हो । केही दिन अगाडि उनीहरु बन्दुक लिएको अवस्थामा निकुञ्जको सिसी क्यामेरामा देखिएका थिए। त्यसपछि उनीहरुको भागेर भारत गए ।
त्यसै समयदेखि निकुञ्ज कार्यालयले उनीहरुमाथि निगरानी गदै आएको थियो । दशैं मनाउनका लागि भारतबाट घर आएका बेला उनीहरुलाई पक्राउ गरिएका हो । पक्राउ परेकाहरु पाँचै जनालार्ई निकुञ्जको मझगाउँस्थित कार्यालयमा राखिएको छ । उनीहरुलाई वन्यजन्तु चोरी सिकारी, हातहतियार तथा खरखजना अन्तर्गत मुद्दा चलाइने भएको छ ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया