एमाले–माओवादी पार्टी एकताको संभावना कति ?

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टी एकता गर्ने सहमति जुटेको छ । दुई नेताबीच भएको सहमति अनुमोदनका लागि पार्टी एकता संयोजन समितिको बैठक साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

एमाले उपाध्यक्ष वामदेव गौतमले दुई नेताबीच पार्टी एकताको सहमति जुटेको भन्दै आजै एकता संयोजन समितिले अनुमोदन गर्ने समेत दावी गरे । तर, कुन पदमा को रहने भन्ने बारेमा अहिलसम्म निर्णय भने भइनसकेको बताइएको छ । यस अघि ओली र दाहाल पालै–पालो प्रधानमन्त्री बन्ने समाचार बाहिर आएको थियो ।

यसैबीच माओवादी अध्यक्ष दाहालले पार्टीका शीर्ष नेताहरुलाई प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीसँग गरेको एक्लाएक्लै छलफलमा भएको प्रगतिबारे जानकारी गराएका छन् । अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको अनौपचारिक छलफलमा उनले एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउने गरी कुराकानी भइरहेको शीर्ष नेतालाई जानकारी गराएका हुन्

Comments

Top