विप्लव माओवादीका ३५ भन्दा बढि नेता तथा कार्यकर्ता पक्राउ

विराटनगर । मोरङको विभिन्न स्थानबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई केन्द्रीय नेतासहित ३५ भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन् ।पार्टीको भातृ संगठन राष्ट्रिय युवा जनस्वंयसेवकको तेस्रो राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । नेता कार्यकता पक्राउ परेपछि कार्यक्रम विथोलिएको छ ।

उनीहरुलाई विराटनगरको राजवंशी चोक, संसारीमाई लगायतका स्थानबाट पक्राउ गरेको हो । प्रहरीले पार्टीका केन्द्रीय नेताहरु हेमन्तप्रकाश वली र पूर्वराज्यमन्त्री पदम राईसहित ३५ भन्दा बढी नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

यता, प्रहरीले भने कार्यक्रममा सहभागी हुने आएकालाई सोधपुछका लागि मात्र नियन्त्रण्मा लिएको र सोधपुछ पछि छाडिने बताएको छ ।

Comments

Top