हिन्दु प्रतिष्ठानले भाजपा महासचिवलाई बोलायो

???????????????????????????????????? काठमाडौ । मुलुकमा नयाँ बन्ने संविधानमा राख्ने धर्म सम्बन्धी ब्यवस्थाको विषयमा बहस भईरहेको बेला हिन्दु प्रतिष्ठान नेपालले भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका महासचिव अर्जुन मुण्डालाई ल्याएर बृहद अन्र्तक्रिया गराउने भएको छ । प्रतिष्ठानले मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर धर्मको विषयमा बृहद अन्र्तक्रिया गरेर त्यसबाट प्राप्त सुझावलाई संविधानसभामा बुझाउने जानकारी दिईयो । प्रतिष्ठानले आगामि साउन २१ गते महासचिव मुण्डाको प्रमुख आतिथ्यमा प्रज्ञा प्रतिष्ठानमा बृहद अन्र्तक्रिया गर्न लागेको हो । त्यसअघि सोही दिन अपरान्ह १२ बजेर १५ बजे रत्नपार्कबाट र्यालीसहित प्रज्ञाप्रतिष्ठान पुग्ने कार्यक्रम रहेको प्रतिष्ठानका अध्यक्ष शुसील कोइरालाले जानकारी दिए ।

Comments

Top