मुलुकलाई पूर्वी पाकिस्तान र सिरिया बनाउने षड्यन्त्र

काprachanda 5ठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले तराई मधेस आन्दोलनका नाममा मुलुकलाई पूर्वी पाकिस्तान र सिरिया बनाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । मुलुक विभाजन गराउन खोज्नेहरुप्रति सतर्क रहन मधेसमा केन्द्रित आफ्ना नेता तथा कार्यकर्तालाई अपिल गर्दै प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।

  उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका प्रचण्डले बैंकक जानु दुई दिनअघि सोमबार मधेसमा गएर दिएको अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा लिइएको छ । प्रचण्ड सभामुख ओनसरी घर्तीका साथ बुधबार बैंकक जाँदैछन् । जन्डिस रोगको उपचार गराइरहेका एमाओवादी सचिव वर्षामान पुनको स्वास्थ्यस्थिति बुझ्न प्रचण्ड बैंकक जान लागेका हुन्, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Comments

Top