कमल थापा यसरी बने राजसंस्था विरोधी

kamal thapaकाठमाडौं । राजसंस्था र हिन्दु राष्ट्रको नारा बोकेर संसदमा उपस्थिति जनाएका राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजसंस्थाको नारालाई ओझेल पार्दै लगेका छन् । उनले अहिले विभिन्न जिल्लाहरूमा आफ्नो अभियान जारी राखेका छन् । तर, उनले कहिल्यै पनि मुलुकमा संवैधानिक राजसंस्था ल्याउनुपर्छ भनेर आफ्नो बाक्य भन्ने गरेका छैनन् । पूर्वराजा ज्ञानेन्द्र शाहसँगको टसलका कारण कमल थापाले राजसंस्थाको विषय छाड्न थालेका हुन् । उनले हिन्दू राष्ट्रको नारालाई मात्रै बोकेर भारतमा जस्तै भारतीय जनता पार्टीले सत्ताकब्जा गरे जसरी अगाडि बढ्ने सपना देखेका छन् । तर उनले के भुलेका छन् भने हिन्दू राष्ट्र र राजसंस्थाको विषय एकआपसका अपरिहार्य विषय हुन् । हिन्दू राष्ट्रको नारालाई पनि क्रिश्चियन धर्म प्रचारकहरूसँग बिक्री गरेको कमल थापामाथि ठूलो आरोप छ । यसको पुष्टि हुने गरेर उनले हिन्दू राष्ट्र र राजसंस्थाका पक्षमा जोडदार आवाज उठाउने केशरबहादुर विष्ट र विराजबहादुर विष्टलाई कारबाही गरेर प्रमाण दिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो पार्टीलाई कमजोर र फुटको संघारमा ल्याइदिएको आरोप आफन्तहरूसँग गुनासो गर्ने गरेका छन् । सोही कारण कमल थापा पूर्व राजा ज्ञानेन्द्र शाहविरुद्ध भित्रभित्रै लागेका हुन् । अर्को चुनावमा ठूलो पार्टी बन्ने सपना देखेका कमल थापाले जनताबाट कस्तो मत पाउने हुन् भविष्यले बताउने छ । तर, कमल थापाको क्रिश्चियन परस्त व्यवहार र संवैधानिक राजसंस्था छाड्दै गरेको अवस्थाले अब चङ्गा चैट हुने सम्भावना रहेको देखिन्छ,यूनाइटेड पोष्ट साप्ताहिकमा खबर छ  ।

Comments

Top