सहमतिको सरकार छिटो गठन गर्नुपर्छ : महत

ramsaranचितवन : नेपाल काँग्रेसका केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले राष्ट्रिय सहमतिको सरकार गठन गरेर विद्यमान समस्या समाधान गर्नुपर्ने बताएका छन्। महतले वर्तमान सरकारले जनताका समस्या सम्बोधन गर्न नसक्ने भन्दै डा. महतले प्रेस युनियन चितवनले शनिवार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा जतिसक्दो छिटो सहमतिको सरकार गठन गर्नुपर्ने बताए । वर्तमान सरकारले मधेसीलगायतका दलको समर्थन पाउन नसक्ने दावी गर्दै उनले सहमतिको सरकार नेतृत्व काँग्रेसले लिएमा सहमति जुट्ने पनि बताए। भूकम्प प्रभावितका नाममा गैरसरकारी संस्था परिचालन गर्न खोज्नु भूकम्प प्रभावितका नाउँमा गरिएको राजनीति भएको पनि उनको भनाई थियो ।

Comments

Top