स्थानीय तहको निर्वाचन गर्न तीन दलबीच सहमति : देउवा

sher-bahadur-deuba-08-1457411828चितवन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख तीन दलका बीचमा सुरुमा स्थानीय निकायको निर्वाचन गर्ने विषयमा सहमति भइसकेको दावी गरेका छन् । तर, निर्वाचन कसरी गराउने भन्ने विषयमा भने अहिलेसम्म कसैले मुख खोलका छैनन् । आजै पोखरा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन असंभव रहेको बताए पनि देउवाले भने आज पहिले नै उक्त निर्वाचन हुने दावी गरेका छन् । उनले स्थानीय निकायको निर्वाचन पुरान ैसंरचनामा हुने वा संरचना हेरफेर हुने भन्ने विषयमा उनले प्रष्ट पार्न सकेनन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेकपा एमालेले प्रस्ताव गरे झैँ सुरुमै प्रतिनिधिसभाको निर्वाचन सम्भव नभएको बताएका छन् । सभापति देउवाले स्थानीय निकायपछि क्रमशः प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताएका छन् । संसद्को अवरोध हटाएर संविधान संशोधन प्रस्ताव पारित गराई निर्वाचनतिर जाने सत्तारुढ दलहरुको योजना रहेकामा विपक्षीका अवरोधका कारण बीचको बाटो खोजिएको उनको भनाइ थियो । संविधान संशोधन प्रस्ताव तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिअनुसार नै पेस गरिएको देउवाको भनाइ थियो ।

Comments

Top