सांसद कर्णको पहलमा सप्तरीमा नेपाली कांग्रेस पार्टी प्रवेशको लहर

karnaसप्तरी । नेपाली कांग्रेसका सांसद रन्जित कर्णको पहलमा सप्तरीमा नेपाली कांग्रेस पार्टी प्रवेशको लहर बढेको छ । केहि दिन अगाडि राजविराज नगरपालिका वडा नं.९ मा नेपाली कांग्रेस वडा कार्यालय उद्घाटनको क्रममा प्रमुख अतिथि रहेका सासंद  कर्णको हातबाट टिका तथा माला लगाई १ सय जना भन्दा बढी विभिन्न पार्टीका कार्यकर्ताहरु पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।  पुष ३ गते पनि को. वरसाईनको वडा नं १ मा पुल निर्माणको सिलन्यास र को. वरसाईन वडा नं.३मा नेपाली कांग्रेस पार्टी प्रवेश क्रममा २०० जना भन्दा बढी विभिन्न पार्टी का कार्यकर्ताहरु पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सप्तरी जिल्लामा एक हप्ता देखि विकास निर्माण र नेपाली कांग्रेसको सांगठानिक काममा सांसद कर्ण व्यस्त छन् ।

Comments

Top