देशभर ८४ जना संक्रमणमुक्त हुँदा थप ५३ मा कोरोनापुष्टी

Corona_Test

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६२४ जनाको पीसीआर परीक्षणमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ८२५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना र १ हजार ७९९ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सँगै देशभर १ हजार १७८ जना सक्रिय संक्रमित रहेका छन् । आज ८४ संक्रमण मुक्त भएका छन् । आज कसैको मृत्‍यु भएको छैन ।

Comments

Top