काठमाडौं विश्वविद्यालय र प्याब्सनबीच सम्झाैता

निजी विद्यालयका प्रधानाध्यापक तथा शिक्षकलाई एक वर्षे डिप्लोमा तथा स्नातकोत्तर कक्षा चलाइने

ku

काठमाडौं ।  निजी विद्यालय सञ्चालक र प्रधानाध्यापकहरुको नेतृत्वदायी र व्यवस्थापकीय क्षमता बढाउन काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेशनले विशेष तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमबीच यससम्बन्धी समझदारी पत्रमा विश्वविद्यालयको स्कुल अफ एजुकेशन र निजी तथा आवाशिय विद्यालय अर्गनाइजेशन (प्याब्सन)बीच हस्ताक्षर सम्पन्न भएको थियो । उक्त समझारीपत्रमा प्याब्सनको तर्फबाट राष्ट्रिय अध्यक्ष डिके ढुंगाना र कावीको स्कुल अफ एजुकेशनकातर्फबाट डिन बालचन्द्र लुईँटेलसहितका प्रमुख पदाधिकारीहरुले हस्ताक्षर गरेका हुन् ।

समझदारी पत्रअनुसार स्कुल अफ एजुकेशनले प्याब्सन सदस्य रहेका निजी विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई एक वर्षे अवधिको डिप्लोमा तथा स्नातकोत्तर सरहको तालिम प्रदान गर्नेछ । यसका लागि ७० लाख रुपैयाँ खर्च हुने जानकारी पनि कार्यक्रममा दिइयो ।

No description available.

हस्ताक्षरपछि बोल्दै डिन लुईंटेलले विद्यालय तहमा सक्षम नेतृत्व हुँदा नै समाजलाई बाटो देखाउन सक्ने आदर्शवान् शिक्षक र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति देशमा उत्पादन गर्न सकिने भएकोले यस प्रकारको तालिम आवश्यक रहेको बताए ।

नवप्रवर्तनीय काम सहजै र छिटो हुने भएका कारण यस्तो तालिमका लागि निजी शैक्षिक संस्थाहरु काठमाडौं विश्वविद्यालयका स्वाभाविक साझेदार भएको भनाई थियो । यद्यपी सार्वजनिक विद्यालयका प्रधानाध्यापकलाई समेत यस्तो तालिम आवश्यक पर्ने धारणा पनि उनको थियो ।

कार्यक्रममा व्याब्सन अध्यक्ष ढुंगानाले कार्यक्रमले एउटा दक्ष र सृजनशील प्राचार्यहरु उत्पादन गर्ने भएकोले गरिएको समझदारी एउटा समझदारी मात्र नभएर शैक्षिक विकासमा एक महत्वपूर्ण प्रस्थानविन्दु समेत भएको बताए । प्याब्सनको वर्तमान नेतृत्व निजी विद्यालयको क्षमता वृद्धि, मर्जका लागि प्रोत्साहन सहित विभिन्न क्षेत्रमा नयाँ ढंगले काम गर्न खोजिरहेको जानकारी पनि उनले दिए ।

Comments

Top