काठमाडौंमा बालेनको अग्रता कायमै, कसले कति ल्याए मत ?

Balen_Sah

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता जारी राखेका छन् ।

ताजा मतपरिणाम अनुसार एक लाख २८ हजार ४८५ मतगणना हुँदा उनले ४३ हजार ८५० मत ल्याए ।

नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंह २५ हजार ९४४ मतसहित दोस्रो स्थानमा छिन् ।

नेकपा एमालेका उमेदवार केशव स्थापितले २५ हजार ५९ मत ल्याएका छन् ।

त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोल ठूलो मतान्तरसहित अग्रस्थानमा रहेकी छिन् ।

 

Comments

Top