भरतपुरः फराकिलो अन्तरसहित जित नजिक रेणु दाहाल

Bharatpur_MN

चितवन । चितवनस्थित भरतपुर महानगरपालिकाको मत गणना जारी छ। यहाँ अहिलेसम्म एक लाख एक हजार चारसय ९८ मत गणना सकिएको छ।

एक लाख बढी मतगणना सकिँदा गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहालले करिब १० हजार मतले अग्रता बढाएकी छन्।

दाहालले ४३ हजार ६१ मत ल्याउँदा एमालेका विजय सुवेदीले ३३ हजार २३९ मत ल्याएर पछ्याइरहेका छन्। उनीहरुबीचको मतान्तर नौ हजार ८२२ छ। त्यस्तै बागी उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार २६६ मत ल्याएका छन्।

उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारीले १८ हजार २६९ अग्रता बनाएका छन्। उनले ४४ हजार ५९१ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले २६ हजार ३२२ मत ल्याएकी छन्।

Comments

Top