पाँच जना मृत अवस्थामा फेला

Death

काठमाडौं । भक्तपुर, सप्तरी, स्याङ्जा, कपिलवस्तु र कास्कीमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । 

भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडाल चापाकोट दाहालगाउँ बस्ने २४वर्षीय विबेक दाहाल आफ्नै घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेकोप्रहरीले जनाएको छ । 

घटनाबारे सोधपुछ तथा आवश्यक अनुसन्धानका लागि ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको  छ । 

सप्तरीको सुरुङ्गा नगरपालिका–८ महुलिया टोल बस्ने ७५ वर्षीय कुसुमलालदास सोही नगरपालिका–६ स्थित सुरुङगा डाँडाको जंगलमा मंगलबार मृत अवस्थामाफेला परेका छन् । 

स्याङ्जाको आँधीखोला गाउँपालिका–२ सन्दिखोला बस्ने ५६ वर्षीया सुन मायानेपाली सोही गाउँपालिका–५ ओईयापुलस्थित मान्छे नबस्ने पुरानो घरभित्रबुधबार मृत अवस्थामा फेला परेकी छन् । 

कपिलवस्तुको शिवराज नगरपालिका–५ पुर्वी रहटकोल गाउँ नजिक खेतमा विजयनगरगाउँपालिका–२ बस्ने ४५ वर्षीय प्रभु थारू मंगलबार मृत अवस्थामा फेला परेकाछन् । 

कास्कीको अन्नपूर्ण गाउँपालिका–२ ठुलाचौर बस्ने ४७ वर्षीय ओम प्रकाशदाहाल सोही गाउँपालिका–२ तारे पहरो डम्थी सामुदायिक वनको भीरमा मंगलबार मृतअवस्थामा फेला परेका छन् । 

ओम प्रकाश र  सोही ठाउँ बस्ने ४७ वर्षीय नारायण प्रसाद अधिकारी लगायत ५जना पोखरा महानगरपालिका–२३ हर्पनबाट अन्नपूर्ण–२ ठुलाचौर जाने क्रममा ओमप्रकाश हराएका थिए । 

हराएको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर र अस्थाई प्रहरीपोष्ट बम्दीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त भीरमा उनको शव फेलापारेको हो । 

घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

 

Comments

Top