विश्वभर थपिए २३ लाख संक्रमित, ५५ सय बढीको मृत्यु

world-corona

काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा २३ लाखभन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।

थपिनेमा अमेरिकामा सबैभन्दा धेरै ३ लाख ६० हजार, फ्रान्समा ३ लाख २४ हजार, इटलीमा १ लाख ८० हजार, अस्ट्रेलियामा १ लाख ३ हजार, अर्जेन्टिनामा ९६ हजार र बेलायतमा ८१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यही अवधिमा दश लाख ५३ हजार जना कोरोनामुक्त हुँदा ५ हजार ५६० जना संक्रमितको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा अमेरिकामा सबैभन्दा धेरै ८५१ जना‚रसियामा ७२३ र पोल्याण्डमा ४२९ रहेका छन् ।

 

Comments

Top