बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

Astalaxmi

हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् ।

मुख्यमन्त्री शाक्यले बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् ।

शाक्यले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको पनि बताइन् । यसअघि आजै विश्वासको मतका लागि मतदान हुने कार्यतालिका रहेको थियो ।

Comments

Top