आजबाट खुल्यो लाइसेन्स, यसरी भर्न सकिन्छ अनलाइन फर्म

License

काठमाडौं । यातायात व्यवस्था विभागले ६ महिनापछि लाइसेन्सको आवेदन खोलेको छ । विभागले आज (मंगलबार) बाट नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन खुला गरेको हो ।

विभागले सेवाग्राहीको आवश्यक्तालाई ध्यान दिदै ६ महिना रोकिएको लाइसेन्स आवेदन खोलेको जनाइएको छ ।

अब सेवाग्राहीले यातायात व्यवस्था विभागको अनलाइन आवेदनबाट नयाँ लाइसेन्सको लागी प्रक्रिया अघि बढाउन सक्ने भएका छन्। यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले हिजो देखिनै आंशिक रुपमा आवेदन खुल्ला भएपनि आजदेखि पूर्णरुपमा अनलाइन आवेदन खुलेको जानकारी दिए।

‘गत हप्ता नै खोल्ने कुरा थियो तर, प्राविधिक समस्या आयो,’ उनले भने, ‘आजदेखि अनलाइन आवेदन खुल्ला गरेका छौं।’

उनका अनुसार सेवाग्राहीले यो साइटमा गएर नयाँ लाइसेन्सका लागी आवेदन दिन पाइनेछ।

Comments

Top