प्रधानमन्त्री देउवाले बोलाए मन्त्रीपरिषद् बैठक, साँझ ४ बजे बालुवाटारमा बस्ने

PM Deuba

 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

नियमित बैठकका रुपमा प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

सुदूरपश्चिम र प्रदेश एकका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किएपछि देउवाले सोमबार मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

आजको बैठकले बाढीपहिरो पीडितलाई राहत र क्षतिपूर्तिका सन्दर्भमा निर्णय लिने छ । सरकार सञ्चालनका सन्दर्भमा हुने नियमित काम कारबाहीबारे पनि छलफलको एजेण्डा रहेको छ ।

Comments

Top