गुल्मीमा जीप दुर्घटना तीनको मृत्यु

Accident

तम्घास । गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दले दिएको जानकारी अनुसार बुधबार मध्याह्न जिल्लाको मुसीकोट नगरपालिका ४ स्थित दोभान भन्ने स्थानमा लु१ज ४५५९ नम्बरको जीप दुर्घटना भएको हो ।

निरीक्षक चन्दका अनुसार दुर्घटना भएको जिप गुल्मीको शान्तिपुरबाट तम्घास आउँदै गरेको थियो ।

अहिले उद्दारका लागि प्रहरी टोली घटनास्थल पुगिसकेको र थप विवरण आउन बाँकी रहेको चन्दले जानकारी दिए। मृतक कसैको पनि सनाखत हुन नसकेको चन्दको भनाइ छ।

Comments

Top