सरकारी मान्यता प्राप्त अनलाईन योग प्रशिक्षण तालिम सञ्चालन गर्दै पातञ्जल

Patanjal

भक्तपुर । पातञ्जल योग समिति नेपालले ३९० घण्टे अनलाईन आधारभुत योग प्रशिक्षण तालिम कार्यक्रमको शुभारम्भ गरेको छ । प्राविधिक व्यावसायिक तालिम परिषदबाट सम्बन्धन प्राप्त तालिम कार्यक्रमलाई परिषदकै सदस्य सचिव जीवनारायण काफ्लेले जुममार्फत दिप प्रज्वलन गर्दै शुरुवात गरेका हुन ।

कार्यक्रममा डा हरि प्रसाद पोख्रेलले पातञ्जल योग समिति नेपालले एउटा कालजयी कार्यको शुभारम्भ गरेको बताउँदै शिक्षा सुधार भयो भने सम्पुर्ण कुरा सुधार हुने कुरामा आफ्नो स्पष्ट धारणा राखेका थिए ।  पाठ्यक्रम निर्माण हेतु सिटिईभिटिबाट गठित प्राविधिक समितिको संयोजक समेत रहेका डा।पोख्रेलले देशैभरि एउटै किसिमको योग शिक्षक तयार पार्ने पाठ्यक्रमको शुरुवात गर्नुपर्छ भन्ने चिन्तनका साथ यो कुरा शुरुवात गरिएको बताए ।  यो अभियानलाई पातञ्जल योग समितिले अभ्यासका क्रममा शुरुवात गरिरहेको उल्लेख गर्दै यस कार्यको लागि पातञ्जललाई ह्रदयान्तार धन्यवाद ज्ञापन गरेका छन् ।

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका सदस्य सचिव जीवनारायण काफ्लेले कोभिड महामारीको विच समयानुकुल शुरुवात गरेको यो कार्यक्रमलाई सिटिईभिटीको तर्फबाट पूर्ण साथ एवं सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए । सदस्य सचिव काफ्लेले पातञ्जल योग समितिले सिटिईभिटीबाट सम्बन्धन लिदै माथिल्लो तहका एकेडेमिक कार्यक्रमहरु सञ्चालन गर्न समेत आग्रह गरेका छन् ।

 प्राविधिक व्यावसायिक तालिम परिषदमा पातञ्जलबाट प्रस्तावित कार्यक्रमलाई स्विकृत गराउन विशेष पहलकदमी लिएका नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका सहसचिव डा।हरि लम्सालले योग जागरण अभियानमा यो कार्यक्रमले महत्वपुर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

पातञ्जल योग समिति नेपालका संरक्षक बालमुकुन्द सुवालले पातञ्जल योग समितिले सञ्चालनमा ल्याएको यो तालिम कार्यक्रमलाई विद्यालयका शिक्षकहरु माझ पुरयाउन सकिए यसको प्रभावकारीता थप वृद्धि हुने कुरामा आफ्नो स्पष्ट धारणा राखेका थिए ।

पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुर्दशन सुवेदीले अहिले नेपाल सरकारले बिद्यालय स्तरको विभिन्न तह भित्रको पाठ्यक्रममा योग शिक्षालाई समावेश गरी पठन पाठन गराउन निर्देशित गरिरहेको छ ,तर कतिपय बिद्यालय स्तरमा तालिम प्राप्त योग शिक्षक नभएका कारण त्यो पाठ्यक्रम कार्यान्वयनमा आउन नसकिरहेको अवस्था हामीले नजिकबाट नियालेका छौ, यसर्थ विद्यालयका पाठ्यक्रमलाई समेत अध्यापन गर्न गराउन यो कार्यक्रम विशेष सहयोगी बन्न सक्ने देखेरनै यो तालिम कार्यक्रम सञ्चालनमा ल्याएको जानाकारी गराए ।

तालिम शुभारम्भ कार्यक्रममा डा।क्षितिज बराकोटी,डा।राजु अधिकारी,पाठ्यक्रम विकास केन्द्र सानोठिमीका महानिर्देशक अण प्रसाद न्यौपाने लगायतले पातञ्जल योग समिति नेपालले सञ्चालनमा ल्याएको यो तालिम कार्यक्रम प्रति खुलेर खुशी व्यक्त गरेका थिए ।

Comments

Top