बलात्कार प्रयासपछि सन्तोषी सुब्बाको हत्या गर्ने अभियुक्त पक्राउ

santoshi_1

काठमाडौँ । मुखबाट विभिन्न चराहरुको आवाज निकाल्ने सन्तोषी सुब्बाको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी –१४ घर भई दक्षिणकाली बस्ने २९ वर्षीय सुरेश तिमल्सिना प्रहरीले जनाएको छ।

तिमिल्सिनालाई महानगरीय प्रहरी अपराध अनुसन्धानको टोलीले काठमाडौंको असनबाट पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख चन्द्रकुवेर खापुङले आज पत्रकार सम्मेलन गर्दै सन्तोषीको हत्या बलात्कारको प्रतिकार गर्दा भएको खुलेको जानकारी दिए।

प्रहरीका अनुसार तिमल्सिनाले असार ६ गते उनलाई बलात्कार प्रयास गरेका थिए। सन्तोषीले उक्त दिन आफूलाई बस्ने(खाने व्यवस्था नभएको बताएकी थिइन्।

‘सुरेशले उनलाई आफूले काम गर्ने बसमा बास मिलाइदिन्छु भनेका थिए । बसमा लगेर जबरजस्ती गर्न खोजेपछि सन्तोषीले प्रतिकार गर्दा सलले घाँटी कसेर उनको हत्या भएको देखिन्छ,’ एसएसपी खापुङले भने,‘हत्यापछि अनुहार नचिनियोस् भनेर ढुंगाले हानेर छियाछिया पारेछन्।’

सुब्बाको शव मंलगबार दक्षिणकालिको मन्दिरनजिकको सार्वजनिक शौचालयमा भेटिएको थियो। उनको घाँटी थिचेर निर्मतापूर्वक हत्या भएको थियो।

सन्तोषी त्यसअघि कालोपुलस्थित एक व्यक्तिकोमा संरक्षणमा बस्दै आएकी थिइन् ।

 

 

Comments

Top