देशभर २४२१ संक्रमित थपिए, ३५५८ कोरोनामुक्त, ५२ को मृत्यु

Nepal_Corona_MN

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले साे जानकारी दिएका हुन् ।

सोही अवधिमा ३ हजार ५५८ निको भएका छन् भने ५२ जनाको मृत्यु भएको छ । 

सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ४६१ पीसीआर र ४९५३ जनाको एन्टीजेन गरि जम्मा १२ हजार ४१४ परीक्षण भएको छ । जसमा पीसीआरमा १५११ र एन्टीजेनमा ९१० जनालाई पाेजेटिभ देखिएकाे छ । 

अहिलेसम्म नेपालमा ६ लाख ५६ हजार ८९१ जनालाई कोरोना पुष्टि भएको छ जसमध्ये ५ लाख ६८ हजार ४४० जना निको भएका छन् भने ८ हजार ८९४ जनाको मृत्यु भएको छ । अहिले देशभर ५० हजार ५२० जना सक्रिय संक्रमित छन् । 

 

Comments

Top