कोरोना निको भएका एमाले नेता झलनाथ पुनः अस्पताल भर्ना

Jhalanath

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल बिरामी भएका छन् । उनलाई ज्वरो आएर स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान थापाथलीको नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई अस्पताल लगिएको उनको सचिवालयले जानकारी दिएको छ।

खनाललाई करिब एक महिनाअघि कोरोना भएको थियो। कोरोनामुक्त भएपछि अस्पतालबाट घर फर्केर खनाल आराम गरिरहेका थिए।

Comments

Top